संयुक्त राज्य अमेरिकाको यही नोभेम्वर महिनामा हुने राष्ट्रपति निर्वाचनको लागि पुर्वि समय ९ः०० वजे पहिलो वहस भएको छ । राष्ट्रपती डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक राष्ट्रपति पदका उम्मेद्वार पुर्व उपराष्ट्रपती जो वाईडेन बीचको डेड घण्टा भन्दा अलि लामो पहिलो वहस एक अर्कालाई वोल्ने क्रममा निरन्तर बाधा पुर्याए पछी मोडरेटर फक्स न्युजका ’क्रिस वालेसलाई बहसको कार्यवाहीमाथि नियन्त्रण कायम राख्न संघर्ष गर्न परेको थियो ।
“मलाई लाग्दैन कि यो वहस कसैले जिते र यही वहसको आधारमा अमेरिकी जनताले आफ्नो राष्ट्रपतीलाई चुन्छन् ।आगामी बहस कसरी गर्ने भन्ने बारेमा र वहसलाई कसरी नियन्त्रण गर्न भन्ने वारेमा संचालकले अझ राम्रो तयारी गर्न पर्ने देखिन्छ । ट्रम्प र वाईडेनको लागि अक्टोबर १५ र अक्टुबर २२ अरु दुई २ वटा बहसका कार्यक्रम बनाइएको छ। वहस पछी समग्र अवस्था कस्तो रहन्छ हेर्न बाँकी नै छ ।
हामी सबैले बहस देख्यौं, यो एक अस्वस्थ वहस देखिन्थ्यो एकले अर्कोलाई वोल्ने क्रममा अवरोध गरिरहेका थिए यो क्रम राष्ट्रपती ट्रम्पमा अलि बढी थियो ।
यो निर्वाचनको पुर्व सन्ध्याको अवस्था चार वर्ष पहिलेको तुलनामा स्वास्थ्य र आर्थिक अवस्थामा कोरोना भाईरसले निम्त्याएको माहामारीको कारण नाजुक छ । ट्रम्पलाई महामारीको आएकोमा दोष दिन मिल्दैन, तर सुरुको अवस्थामा उनले गरेको वेवास्था र स्टक वजार पुरै धराशायी भए पछी मात्र उनलाई तातो लागेको र नियन्त्रणमा उनले खेलेको भुमिका अत्यन्त कमजोर भएको आरोप उनि माथि छ ।
यो वहसमा पुरै समय एकले अर्कोलाई आक्रमण गरि नै रहेको देखियो चाहे त्यो कोरोनाभाइरस महामारीको विषय होस, सुप्रीम कोर्टको विषय होस् र अर्थव्यवस्था होस साथै एक अर्काको परिवार परिवारिक तथा अन्य केहिमा होस्।
एउटा प्रसंङगमा जो वाईडेनवाट “ will you shut up man” सम्मको शव्द प्रयोग गर्दै तिमी अमेरिकाको अहिले सम्मको खराव राष्ट्रपती हौ भने । अर्थतन्त्र सम्बन्धि प्रश्नमा ट्रम्पबाट पनि वाईडेनलाई “China ate your lunch” भन्ने वाक्य प्रयोग भएको थियो ।
वहसको पहिलो प्रश्न सर्वोच्च अदालतको बारेमा थियो जहाँ ट्रम्पले न्याधिश Ruth Bader Ginsburg को मृत्युबाट रिक्त रहेको स्थानमा रूढिवादी न्यायाधीश Amy Coney Barrett लाई नियुक्ति गरेका थिए । यो विषयमा राष्ट्रपती ट्रमको भनाई थियो त्यो मेरो अधिकारको कुरा हो तर वाईडेनले भने अमेरिकी जनतालाई सोध्ने अघिकार छ किन तिमीले निर्वाचन सम्म कुर्न सकेनौ । डेमोक्रेटिक उम्मेदवार पुर्व उपराष्ट्रपति वाडेनले यति भनि नसक्दै राष्ट्रपतिले प्रतिकार गरे त्यस पछी दुवै जना अलि धेरै अस्वभाविक विवादमा लागेको देखियो ।
बहसको दोस्रो विषय थियो स्वास्थ्य सेवाको कार्यक्रम संचालकले पूर्व वराक ओवामाले लागु गरेको “ Obama Care” ऐनलाई प्रतिस्थापित गर्न विस्तृत योजना लागू नगरेको बारेमा उनको प्रश्नमा फेरी विवादमा सुरु भयो । राष्ट्रपती ट्रमको उत्तर थियो मलाई लाग्दैछ कि म तपाई संग बहस गर्दैछु, वाईडेन संग होईन ।
वालेस कोरोनाभाइरसको विषय सार्दा वाईडेनले भने, “यो वास्तवमै उत्पादनशील क्षेत्र थियो।” वाईडेनले भने ट्रम्पले कोविडलाई गम्भीर रूपमा लिएनन र राष्ट्रपतिको प्रशासनले यस रोगको गम्भीरताबारे जनतालाई पुर्व जानकारी दिएनन्।
कार्यक्रमको तेस्रो विषय थियो अर्थ व्यवस्था कोरोना भाईरको कारण अर्थतन्त्रमा परेको असरको वारेमा दुवै उम्मेदवारको आआफ्नै तर्कहरु थिए । ट्रम्पले आफ्नो व्यापारमैत्री कर कटौती र शेयर बजारवाट भएका फाइदाहरू प्रकाश पारेका थिए भने वाईडेनले ओबामा शासनमा आफु उपराष्ट्रपति रहँदा महत्वपूर्ण रोजगारी सिर्जना भएको उल्लेख गरे।
ट्रम्पले भने, “जब शेयर बजार माथि जान्छ, यसको मतलब रोजगार हो। यसको मतलब ४०१(के) को पनि हुन्छ। यदि तपाईं आफ्नो विचारहरू लिएर राष्ट्रपति बन्नु भयो भने ( तपाईं मेरो कर कटौती योजना समाप्त गर्न चाहानुहुन्छ र तपाईंले यहाँ भर्नुभएको आधा कम्पनीहरू हराउनेछन्। तिनीहरु जान्छन् ।
बिडेनले भने,हामी आर्थिक रूपमा सुधार गर्न सक्षम भएका थियौ जसले धेरै रोजगारी सिर्जना गरेको थियो र त्यो अवस्था तपाईंलाई हस्तान्तरण गरेका थियौं ।
ट्रम्पले बिडेनको छोरा हन्टरलाई उसको परामर्श व्यवशायको कारण भ्रामक आक्रमण गरे । चीनले तपाईंको खाना खान्छ त्यसमा अचम्म मान्नु पर्दैन त्यस वापत प्रवन्ध गर्न तपाईको छोराले अरवौ डलर लियर आउछ । र आफुले लाखौं डलर बनाउँछन् ।

वाईडेनले भने यो सत्य होईन । ट्रम्पले पुन अर्को निराधार आरोपलाई निरन्तरता दिए, “यो मेरो कौतुहलता मात्र हो किन मस्कोको मेहेरको पत्नीले तपाईंको छोरालाई ३.५ मिलियन डलर दिएको ? त्यो कुनै पनि सत्य होइन, बिडेनले फेरि भने।
यस किसिमको आरोप प्रत्यारोप केही मिनेट सम्म चलि नै रहेको देखियो ।
वाईडेनले भने यँहा सम्झौता छ परिवार र नैतिकताको कुरा म गर्न चाहन्न। तपाईको परिवारको हामी रातभर कुरा गर्न सक्छौं, यँहा कुरा मेरो परिवारको बारेमा छैन। तपाईको परिवारको बारेमा हैन। ूयो अमेरिकी जनताको बारेमा हो ।
वालेसले त्यसपछि विषय परिवर्तन गर्नुभयो। तर बहसको बेलामा ट्रम्प फेरी हंटरमा फर्किए र बाईडेनको छोराको बारेमा भने “ ऊ सेनावाट बाहिर फ्याकिएको व्यक्ति हो । ट्रम्प स्वेत सर्वोच्चतावादीहरूको स्पष्ट रूपमा भर्त्सना गर्दैन र उनीहरूलाई अमेरिकामा अरुले गर्ने सवै आन्दोलन हिंसात्मक लाग्छ ।
र जर्ज फ्लेईडको हत्या काण्डको विरोधमा भएको प्रदर्शन र प्रदर्शनकारीहरूलाई एन्टिफा र कट्टर वामपन्थी तर्फ संकेत गरे ट्रम्पले प्रदर्शनमा भएको हिंसालाई औंल्याउँदै भने, I would say almost everything I see is from the left wing,”। बहसको अन्ततिर , वालेसले सोधे चुनावको निस्पक्षताको सन्दर्भमा अमेरिकी अमेरिकी जनतालाई कत्तिको आश्वस्त पार्न सक्नु हुन्छ । वाईडेनले नागरिकहरूलाई निरन्तर भोट हाल्न आग्रह गरे र भने मेल ईन मत पत्रमा कुनै पनि त्यस्तो सम्भावना छैन कि मतपत्रहरू हेरफेर वा छलीकरणको स्रोत हो।
ट्रम्पले बारम्बार चेतावनी दिएका थिए प्रमाणविना को महामारीको कारणले मेल-इन मतपत्रहरूको बाढीले २०२० को चुनावमा व्यापक धादली निम्त्याउँछ। गत हप्ता मात्र, ट्रम्पले चुनावमा वाईडेनले हराएमा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध हुन अस्वीकार गरेका छन् । वाईडेनले भने उनि मानिसहरूलाई मेल ईन मतको बारेमा सोच्न र तर्साउन खोज्दै छन कि यो वैध हुने छैन, ”तपाईहरु ढुक्क संग मतदान गर्नुहोस र चुनावको नतीजाको प्रतिक्षा गर्नुहोस्।
यसको जवाफमा ट्रम्पले चुनावको नतिजामा शंखा व्यक्त गरे र भने यो राम्रो अन्त्य हुँदैन, यो एक धोखा हुनेछ जस्तो तपाईले कहिल्यै देख्नु भएको छैन। यसै संग पहिलो वहस समाप्त भएको छ र हेरो दोस्रो र तेस्रो कस्तो हुन्छ ।
राष्ट्रपती उम्मेदवार वहस पुर्व हल्का जो वाईडेनले निर्वाचन जत्छन भन्ने चर्चा चल्दै थियो अव के हुन्छ प्रतिक्षाको विषय छ ।
लेखक–एनआरएन अमेरीकाका सल्लाहकार हुनुहुन्छ ।