गरुडा प्रहरी हिरासतमा फेरी एक महिलाको मृत्यु

गरुडा प्रहरी हिरासतमा फेरी एक महिलाको मृत्यु

  • बिहिबार, अशोज १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

रौतहट , १५ असोज ।
रौतहटस्थीत गरुडाको प्रहरी कार्यलयको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा एक महिलाको मृत्यु भएको छ ।
हिरासतमा मृत्यु भएकी महिला गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउत रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी भरतले बताए ।

भरतका अनुसार अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी राउत बिहीबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

श्रीमानले राधिकालाई एक पुरुषसँग शौचालयमा अनैतिक सम्बन्ध राख्दै गर्दा देखेपछि बुधबार साँझ वडाअध्यक्ष अशोककुमार थारुको रोहबरमा प्रहरी चौकीमा बुझाएका भरतले बताए ।

डीएसपी श्रेष्ठका अनुसार यद्यपी राउतको के कारणले मृत्यु भयो भन्ने अनुसन्धान भइरहेको छ ।

मृतक राधिकाले आफू छारे रोगको बिरामी भएको प्रहरीलाई जानकारी गराएको बताइएको छ ।

पछिल्ला दिनहरुमा प्रहरी हिरासतमा मृत्यु हुनेहरुको संख्या बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ