काठमाडौँ , १५ असोज ।
महानगरीय अपराध महाशाखाले काठमाडौंको कलंकीस्थित गणेशमान सिंह कलेजको लिंक मार्गबाट ‘डेट एक्स्पायर’ भएका स्निर्कस , ओरियो बिस्कुट र ट्याङ बरामद गरेको छ ।
उक्त मिती सकिएको वस्तुहरु आइएन डिस्टिब्यूर्टसबाट बरामद गरिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।
कसैले दिएको सुराकीको आधारमा पुगेको प्रहरी टोलीले छापा मार्दा सो सामान भेटिएको प्रहरीको भनाइ छ ।
उनीहरुले घरभित्रै प्रिन्टिङ मेसिन राखेर ती स्निकर्समा नयाँ डेट राख्न गरेको भेटिएको महानगरीय अपराध महाशाखामा एसपी ईश्वर कार्कीले जानकारी दिए।
वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय र अपराध महाशाखाको टोलीले ५ वटा कोठामा राखिएको सामानको मुचुल्का उठाउने काम भइरहेको छ ।
घरको एउटा कोठामा सकिएको डेट मेट्ने मेसिन राखिएको छ भने अर्को कोठामा नयाँ मिती अंकित गर्ने मेसिन राखिएको छ ।