लुटपाटबाटै काठमाडौँमा जग्गा ,भाइ,छोरा देखी बुहारी सम्म लुटपाटको हिस्सा

लुटपाटबाटै काठमाडौँमा जग्गा ,भाइ,छोरा देखी बुहारी सम्म लुटपाटको हिस्सा

प्लटिङमा लगानी , काठमाडौँमा ३६ आना जग्गा

  • बुधबार, अशोज १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.4K
    SHARES

भक्तपुर , १४ असोज ।
शहरी क्षेत्रमा लुटपाट भनेको व्यस्त रहने शहरहरुको दैनिक पेसानै हो । मान्छेहरुको भिडभाड , आफैमा सिर्जित वातावरण इत्यादि व्यस्त रहने सडकको एक सुनौलोपन माहोल हो
धेरै भिडभाडमा लुटेराहरुलाइ आफ्नो कम गर्न सजिलो हुन्छ तर , महामारी भनेर मान्छेको भिड पहिले जस्तो छैन । तर, पनि लुटेराहरुले आफ्नो काम मज्जाले गरेका छन् ।

लुटपाटको घटना हो पछिल्लो केही दिन देखि भक्तपुरमा मच्चिएको डलर साट्ने धन्दा । हाल कोरोना महामारी भनेर देशमा धेरै मान्छे भेला हुने अनुमति छैन तर, लुटेराहरु भने आफ्नो काम सजिलै गर्छन् ।

यस्तै लुटपाट धन्दामा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-३ का खेलबहादुर तामाङ शुक्रबार पक्राउ परेका छन् । उनै समुहका अन्य ६ जना पनि पक्राउ परेका छन् ।

शुक्रबार पक्राउ पर्नेमा खेलबहादुर तामाङका छोरा ३३ वर्षीय रेलबहादुर तामाङ , ५६ वर्षीय श्यामबहादुर भनिने धनजीते तामाङ , धनजीते तामाङका छोरा २५ वर्षीय रामकृष्ण तामाङ र रामकृष्ण तामाङकी पत्नी ३२ वर्षीया कान्छी तामाङ रहेका छन् ।
यस्तै मंगलबार पक्राउ परेका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी एउटै वडाका हुन्।

प्रहरुले उनीहरुबाट तीन थान मोटरसाइकल पनि बरामद गरेको छ । उनीहरुले उक्त मोटरसाइकल भाग्नका लागि प्रयोग गरिएको पाइएको छ । उनीहरुले उक्त मोटरसाइकल पनि लुटपाटकै पैसाबाट किनेको खुलेको छ ।

खेलबहादुर तामाङ र धनजीते तामाङ भने यस अघिनै पक्राउ परिसकेका हुन् । त्यसबेला पनि उनिहरु लुटपाट केसमै पक्राउ परेको महानगर प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

निरीक्षक बुढाथोकीका अनुसार धनजीते तामाङ २०६० सालमै पक्राउ परी एक वर्ष कैद सजाय भोगेर छुटेका हुन्।
यस्तै, खेलबहादुर तामाङ २०६४ चैतमा पक्रेको थियो। उनी एक वर्ष कैद सजाय भुक्तान गरी १२ लाख धरौटीमा छुटेका हुन् ।

धरौटीमा छुटेपछि उनीहरुले पुनस् लुटपाटकै धन्दालाइ निरन्तरता दिए ।
तर, उनीहरु पक्राउ परेपछि उनीहरुको समुहका केहीले काम छाडेका थिए । साथिहरुले साथ नदिएपछि उनिहरुले गाउँकै साथिहरु र आफ्नै छोरा बहारीहरुलाइ मिसाए र धन्दा फेरि गर्न थाले ।

अनुसन्धानका क्रममा उनीहरुले धन्दा गर्दा हातहतियार अथवा ज्यानको धम्कि नदिइ अर्कै तरिकाले गर्ने गरेको खुलेको छ । उनिहरु पीडितलाई पहिला विश्वासमा ल्याउने अनि लुट्ने गरेको खुलेको देखिन्छ।

उनीहरुको समूहले व्यापारी, व्यवसायी, धनाढ्य, विदेशबाट फर्किएकालाई तार्गेट बनाउँथे। सुरूमा त्यस्ताहरुसंग राम्रो चिनजान बनाउँथे।
पछि गएर ‘गाउँको मान्छेसँग डलर थियो, सस्तोमा दिन्छु भनेको थियो’ भन्थे।

सुरूमा उनीहरू केही अमेरिकी डलर पनि देखाउँथे।

डलर आवश्यक परेकाहरु उनीहरुको कुरामा आउथे र उनीहरुलाइ विश्वास गर्थे । लुटेराहरु उनीहरुलाइ पैसा साट्न भिडभाडमा बोलाउथे ।
पीडीतहरु सस्तोमा डलर पाउँदा खुशि भएर सक्कली रुपैँया ल्याउथे तर, लुटेरहरु भने कसिलो सोकोमा ल्याउथे ।
लुटेराहरु पोको दिएर हिडिँ हाल्थे । यता पीडीतहरु भने कसिलो पोको खौल्नै समय लगाएथे र जब पोको खोल्छन् तब उनीहरुलाइ कागज मात्र मिल्छ र उनीहरु यता उता हेर्छन् । उनीहरुले लुछेराहरुलाइ देख्दैनन् र आफुहरु लुटिएको आभास गर्छन् ।

यस्तो लुटपाटमा अधिकांश पढेकै हरु लुटिएका हुन्छन् ।

लुटेराहरुको मुख्य नाइके भने खेलबहादुर हुन् ।
मुख्य नाइके खेलबहादुरले लुटेको पैसा जग्गामा लगानी गरेको अनुसन्धान बाट खुलेको महानगर प्रहरी परिसर नीरीक्षक बुढाथोकीले बताए ।
खेलबहादुरले लुटपाटको पैसा शंखरापुर नगरपालिकाको जर्सिङपौवामा ३६ आना जग्गामा लगानी गरेको बुढाथोकीले बताए ।
उनले उक्त जग्गा श्रीमतीको नाममा राखेको प्रहरीलाई बयान दिएका छन्।

यस्तै खेलबहादुरले गोकर्णेश्वर नगरपालिकाको सुन्ताखान भन्ने ठाँउमा चार रोपनी १३ आनाको जग्गाको प्लटिङमा समेत लगानी गरेको खुलेको छ।

प्लटिङमा खेलबहादुरसँगै उनकी दिदीले पनि लगानी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यो जग्गा अहिले उनकी दिदीको नाममा भएको हुँदा लुटपाटबाट किनिएको हो या होइन भन्ने पुष्टि भइसकेको छैन।

उनकी दिदी पनि लुटपाटकै मुद्दामा २०६४ सालमा खेलबहादुरसँगै पक्राउ परेकी थिइन्। उनी त्यतिबेला धरौटीमा छुटेको इन्स्पेक्टर बुढाथोकीले बताए।

उनीहरु कैयौँ लुटपाट मच्चाए तर , पक्राउ परेका थिएनन् ।

जब उनीहरुले भक्तपुरलाइ मात्र निशाना भनाएर लुटपाट मच्चाउन थाले तब प्रहरीले नाका कडाइ पारेर खोजी गर्दै जाँदा प्रहरीले खेलबहादुरसहित पाँच जनालाई शुक्रबार मध्यपुर ठिमी नगरपालिका-९ बाट पक्राउ गरेको हो ।
आफ्ना साथीहरू पक्राउ परे बाकीँहरुले पनि मंगलबार उनीहरूले पुरानै शैली अपनाएर लुटपाट गरे।

‘हामीले घटनाको कुरा थाहा पाउनबित्तिकै नाकाहरूमा कडाइ गर्‍यौं,’ इन्स्पेक्टर बुढाथोकीले भने,’अस्ति पक्राउ परेकाहरूले हामीलाई नाम-ठेगाना पहिले नै बताइसकेको थिए।’

लुटपाटपछि उनीहरू चाँगुनारायण नगरपालिका-८ मा पैसा बाँडिरहेका थिए। प्रहरीले २ जनााई पक्राउ गरे पनि एक जना भने आफ्नो भागको पैसा लिएर भागेका छन्।

खेलबहादुरको समूहले अरू धेरैलाई लुटपाट गरेको हुनसक्ने प्रहरीको दाबी छ। यसरी नै लुटपाट गरेको भए भक्तपुर प्रहरी परिसरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

उनीहरु पक्राउ परेपछि परिसरमा सम्र्कमा आएकाहरुबाट ७० लाख बढी रुपैयाँ लुटपाट भएको परिसरले जनाएको छ ।
लुटेरा समूह पक्राउ परेको खबरपछि पाँच वर्षअघि पाँचखालबाट आठ लाख, चार वर्षअघि बाह्रबीसेबाट तीन लाख, गत वर्ष भदौमा टोखाबाट १६ लाख, कात्तिकमा बनेपाबाट ११ लाख लुटिएका व्यक्ति प्रहरीको सम्पर्कमा आएका छन् ।

लुटेरा समुहले यसरी कति लुटे यकिन छैन , तर उनीहरुलाइ ठगी मुद्दा चलाउने तयारी भएको नीरीक्षक बुढाथोकीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ