बलात्कार घटनाको सिफारीस नलेखिदिएकोमा वडाध्यक्षमाथि हातपात !

बलात्कार घटनाको सिफारीस नलेखिदिएकोमा वडाध्यक्षमाथि हातपात !

  • मङ्लबार, अशोज १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

वीरगञ्ज , १३ असोज ।
बाराको एक पालिकामा जनप्रतिनिधीलाइनै हातपात गरेकामा प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन ।
बारा जिल्लास्थीत सुवर्ण गाउँपालिका–५ का वडाध्यक्ष राम एकवाल साहलाई स्थानीय केही युवाले हातपात र कुटपिट गरेको विषय जाहेरी दिन जादाँ मा जिल्ला प्रहरी कार्यालय बाराले दर्ता गर्न नमानेको वडाध्यक्षले बताए ।

भदौ १ गते अर्थात विश्वकर्मा पूजाको दिन सो गाउँपालिकाको वडा नं ५ ओरैया की एक १२ वर्षीया मुस्लिम बालिकालाई राति आठ बजेतिर स्थानीयवासी २५ वर्षीय शिवपुजन यादवले बलात्कार गरेको विषयमा पीडित बालिकाका बुबा मन्सेर मियाँले वडाध्यक्ष साहलाई सिफारिस लेखी दिन आग्रह गर्दा बलात्कार जस्तो जघन्य अपराधको सिफारिस गर्न मिल्दैन भनी जवाफ फर्काएपछि स्थानीय केही युवाहरुले उहाँलाई बैठकमै हातपात र कुटपिट गरेका थिए ।

सो विषयलाई लिएर वडाध्यक्ष साहले स्थानीय तीन जना युवाविरुद्ध किटांनी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय बारामा जाँदा मुद्दा दर्ता गर्न नमानेको पीडित वडाध्यक्षले साहले बताउनुभयो ।

वडाध्यक्ष साहलाई कुटपिट भएको हो वा होइन, शरीरमा घाउ र कुनै चोटपटक नदेखिएकोले मुद्दा दर्ता हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

यता बलात्कारका अभियोग लागेका शिवपुजन यादव फरार रहेकाले उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कारको घटनालाई लिएर वडाध्यक्ष साहमाथि हातपात तथा कुटपिट गर्नु अपराध भएकाले यस सम्बन्धि मुद्दा दर्ता नगरेर प्रहरीले अपराधीलाई संरक्षण गरेको आरोप स्थानीय जनप्रतिनिधि किशोरीप्रसाद यादवको छ ।

बालिकाको बलात्कार भएपनि नजिकै रहेको इलाका प्रहरी कार्यालय कवही गोठलाई जानकारी नदिनु, वडाध्यक्षले सो घटनालाई रकमको प्रलोभनमा मिलाउन खोजेको भनी हातपात गर्नु र तीन दिनपछि मात्र बलात्कारको मुद्दा बारा प्रहरी कार्यालयमा दर्ता गर्नु आफैमा रहस्यपूर्ण रहेको स्थानीयवासीको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ