काठमाडौँ , १३ असोज ।
झन्डै बन्दको अवस्थामा पुगेको चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाका तातोपानी नाका सरकारले आगामी असोज १९ गतेदेखि खुला गर्ने निर्णय गरेको छ ।
दुबै पक्षबीच सिन्धुपाल्चोकमा भएको बैठकले लामो समयदेखि बन्द रहेको तातोपानी नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०उमेश ढकालले असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिए । मंगलबारको दुई पक्षीय बैठकमा चीनतर्फको ल्हासाका अधिकारी र नेपालतर्फबाट सीडीओ ढकालसहितका अधिकारीहरु सहभागी थिए ।
लामो समयदेखि नाका बन्द हुँदा व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्केको ६ महिना बितेको थियो । व्यवसायीहरुले नाका खुला गर्न लामो समयदेखि सरकारी निकाय घच्घच्याउँदै आएका थिए ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका बच्चु पौडेलले खासा, नेलम, ल्यासा र केरुङमा गरी करिव दुई हजार कन्टेनर सामानहरु सीमा पारी रहेको बताए ।
सीडीओ उमेश ढकालका अनुसार नाका सञ्चालनका लागि त्यहाँ खटिने कर्मचारी तथा लोड अनलोड गर्ने मजदुरहरु सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।
साथै अनीहरुको कोरोना रिर्पोट नेगेटिभ हुनुपर्ने मापदण्ड बनाइएको छ ।