पर्यटकहरुकालागि ”अनअराइभल भिसा”,यस्ता छन् शर्तहरु

पर्यटकहरुकालागि ”अनअराइभल भिसा”,यस्ता छन् शर्तहरु

  • मङ्लबार, अशोज १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौँ , १३ असोज ।
नेपाल सरकारले बन्द रहेको पदयात्रा र पर्वतारोहण क्षेत्र खुला गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ ।

सरकारले हालको अवस्थामा हवाइ मार्ग भएर आएका पर्यटकहरुलाइ मात्र प्रवेश दिएको छ ।
पैदल बाट नेपाल प्रवेश गर्ने पर्यटकहरु मध्य अधिकांश भारतिय रहेकाले हाल लाइ पैदल पर्यटकहरुलाइ नेपाल प्रवेशको अनुमति दिइएको छैन ।

सरकारले पर्यटकका लागि पदयात्रा तथा पर्वतारोहणमा अपनाउनु पर्ने शर्तसम्मिलीत मापदण्ड २०७७ स्वीकृत पनि गरेको छ ।जसअनुसार पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ ।
यदि सम्बन्धित देशमा नेपाल आउनका लागि भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ ।

उनीहरुका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिनेछ ।

स्वास्थ्य सम्बन्धी शर्त
नेपाल प्रवेश गरेपछि पर्यटकहरुले ७ दिन आफ्नै खर्चमा क्वारेन्टाइनमा बस्नु पर्ने छ । ७ दिनमा क्वारेन्टाइनमा बस्दा ५ दिनमै आफ्नै खर्चमा पीसीआर परिक्षण गराउनु पर्ने छ ।

यदि परिक्षणमा रिर्पोट नेगेटिभ आएमा गन्तव्य तर्फ जाने र यदि कोरोना रिर्पोट पोजेटिभ आएमा पुन: सोहि ठाउँमा आइसोलेटेड भएर बस्नु पर्ने छ ।
कोरोना मुक्त नभए सम्म पर्यटक बाहिर जान पमउने छैनन् ।

पर्यटकहरुले पर्वतारोहण वा पदयात्रा गर्दा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्वीकृत स्वास्थ्यसम्बन्धी मापदण्ड अनिर्वाय रुपमा पालना गर्नुपर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ