ओली प्रचण्डः फेरी मन्त्रीका लागि रस्साकस्सी ?

ओली प्रचण्डः फेरी मन्त्रीका लागि रस्साकस्सी ?

  • मङ्लबार, अशोज १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

असोज १३ काठमाण्डौं । गत असार १० गते शुरु भएको स्थायी कमिटिको बैठक पछि एकाएक पचण्ड सहितका नेताले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको राजीनामा मागे पछि शुरु भएको विवाद भदौ अन्तिममा आएर मन्त्रीपरिषद हेरफेर र पार्टी एकतालाई पूर्णता दिने बिषयमा सहमति भए पनि कार्यन्वयन अझै जटिल बनेको छ ।
खास गरी मन्त्रीपरिषद् हेरफेर गर्न सहमति भए पनि क कसलाई मन्त्री बनाउने कुरामा दुई अध्यक्षबीच अझै सहमति नभएको स्रोतले बताएको छ ।
आधा दर्जन भन्दा बढी मन्त्री फेरीने भए पनि पूर्व एमाले र पूर्व माओवादी समुहका नाममा मन्त्रीको संख्यामै विवाद रहेको उच्च सोतको दाबी छ ।
यस्तै मन्त्रीको भाग वण्डा मिलाउन तीन वटा मन्त्रालय टुंग्याएर मन्त्रालयको संख्या २४ पुर्याउने अनौपचारीक सहमति दुई नेताले गरे पनि व्यक्तिका बारेमा समेत अझै सहमति हुन नसकेको स्रोतको भनाई छ ।
पचण्ड वामदेव गौतमलाई अर्थमन्त्री र नारायणकाजी श्रेष्ठलाई समेत मन्त्री बनाउने पक्षमा रहेको बुझिएको छ भने ओली गौतमलाई अर्थमन्त्री नदिने अडानमा रहेको बताईन्छ ।
त्यसो त सर्वोच्चको फैसलाका कारण गौतम तत्काल मन्त्री बन्ने संभावना भने कम रहेको छ ।
अर्कोतिर मन्त्रीका लागि आकाक्षी धेरै भएका कारण पनि नेताहरु सकसमा परेको बुझिएको छ । यसै कारणले एक दुई दिन भित्रै मन्त्रीपरिषद् पुनर्गठन गर्ने सहमति कार्यन्वयन हुन नसकेको बताईएको छ ।
नेकपा भित्र पद र भागवण्डाका लागि भएको संघर्षको जनस्तरबाट भने आलोचना भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ