काठमाडौ , ११ असोज ।
गएको २४ घण्टामा देशभरबाट ८ सय ८५ जना कोरोना संक्रमित निको भएका छन् ।
आइतबार ८ सय ८५ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले १९ हजार १९ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै हाल संस्थागत आइसोलेशनमा ८ हजार ३ सय २१ जना र होम आइसोलेशनमा १० हजार ६ सय ९८ जना रहेका छन् ।
मन्त्रालयको अनुसार कुल कोरोना संक्रमित मध्य ७३.४ प्रतिशत अर्थात ५३ हजार ८ सय ९८ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline