असोज ११ काठमाण्डौं । सरकारी अस्पताल र ल्याबमा घण्टौ लाईन बस्दा समेत सर्वसाधारणको पिसिआर परीक्षण गर्न कठिन भईरहेका बेला निजी ल्याबले भने चर्को असुली गरीरहेका छन् ।
सरकारले २ हजारमा कोरोना परीक्षण गर्न निर्देशन दिए पनि निजी ल्याबहरुले ३९ सय देखि ४४ सय रुपैया सम्म लिइरहेको पाईएको छ । सरकारले अनुगमन र कार्बाही नगर्दा सर्वसाधारण मर्कामा परेका छन् ।
सरकारले अनुमति दिएका ८ वटा निजी ल्याबले सरकारले शुल्क घटाए पछिको अबधिमा समेत निजी ल्याबले दोब्बर बढी शुल्क लिईरहेको पाईए पछि ती ल्याबहरुलाई कार्बाही गर्ने सरकारले तयारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले ती ल्याबहरुलाई कार्बाहीका लागि गृह मन्त्रालय र वाणिज्य विभागलाई पत्राचार गरीसकेको छ ।
शुरुमा अनुमति लिदाँ सरकारले दिएको निर्देशन र तोकेको शुल्क लिने प्रतिवद्धता गरेका अस्पताल र ल्याबले चर्को असुली गरे पछि सरकारले कडाई गर्न लागेको हो ।
ती ल्याबलाई अनुमति दिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई समेत छानविन हुने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
ललितपुरको स्टार अस्पताल, काठमाडौं कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी एन्ड रिसर्च सेन्टर, लाजिम्पाटको सुरिया हेल्थ केयर, धुम्बाराहीको ह्याम्स, ललितपुर ग्वार्कोको बीएन्डबी अस्पताल, , मेडिसिटी, डीकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर सिनामंगलले बढी शुल्क लिएको देखिएको छ ।