ललितपुर , ९ असोज ।
ललितपुरस्थीत ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्यमा केही समस्या देखिएपछि पाटन अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले मेयर महर्जनलाई आज कोरोना संक्रमण पुष्टि भएको बताए ।
कोरोना पुष्टि भएका मेयर महर्जनलाई जिउ दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको थियो।
मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेको पनि उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline