आज काठमाण्डौको मौसममा केही सुधार, तर देशका विभिन्न भागमा भारी बर्षाको संभावना

आज काठमाण्डौको मौसममा केही सुधार, तर देशका विभिन्न भागमा भारी बर्षाको संभावना

  • शुक्रबार, अशोज ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं असोज ९ । देशभर केही दिनयता परिरहेको झरी उपत्यकामा भने बिहान कम देखिएको छ । बिहान केही स्थानमा घाम लागेको छ भने पानी पर्न रोकिएको छ । तर मौसम विज्ञान विभागका अनुसार आज पनि देशका विभिन्न भागमा भारी बर्षाको संभावना रहेको छ । भोलीबाट भने मौसममा सुधार आउने छ । बंगालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले मौसममा सुधार आउने भएको हो।
मौसमविद् बरुण पौडेलले भारतको छत्तिसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्र र नेपालमा मनसुन सक्रिय गराउने वायु दुई दिनपछि कमजोर हुने जानकारी दिए ।
पश्चिमी वायु सक्रिय भई पूर्वी वायुलाई धकेल्ने अवस्था बनेपछि मात्रै मनसुन अन्त्य हुन्छ। तर, यसपटक मनसुन सकिन अझै केही समय कुर्नुपर्ने पौडेलले बताए ।
देशभर अत्याधिक बर्षाका कारण नदीहरुमा बाढी आएको छ । पहाडी क्षेत्रमा पहिरोले जनधनको ठूलो क्षति भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ