चीनले सीमा क्षेत्रमा आफ्नै भुभागमा भवन बताएको दुतावासको स्पष्टोक्ती, नेपालले फेरी सीमा प्रमाणित गर्न सक्ने भनाई

चीनले सीमा क्षेत्रमा आफ्नै भुभागमा भवन बताएको दुतावासको स्पष्टोक्ती, नेपालले फेरी सीमा प्रमाणित गर्न सक्ने भनाई

  • बुधबार, अशोज ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

असोज ७ काठमाडौँ । चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको भनी सञ्चार माध्यममा आएको समाचारको चीनीया दुतावासले खण्डन गरेको छ ।

चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले चीन–नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको उल्लेख गर्दै नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्ने बताए ,वागंले नेपाल र चीन अत्यन्त असल छिमेकी रहेको भन्दै चीनले नेपालको क्षेत्रीय अखण्डता र सार्वभौमिकताको जहिल्यै सम्मान गरेको बताएका छन् ।
उनले नेपाल र चीनले जुनसुकै बेला सीमा बारे संवाद गर्न सक्ने बताए ।
हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रमा चिनियाँ पक्षले बनाएको भवन नेपालको नाम्खा गाउँपालिकामा पर्ने खबर प्रकाशित भएका थिए । त्यस पछि सीमाको वास्तविक रुपमा स्थलगत अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एक टोली गएको थियो ।
नेपाल सरकारले सो बिषयमा आधिकारीक रुपमा कुनै प्रतिकृया सार्वजनिक गरेको छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ