दोहा, कुवेत र रियादबाट असोज १५ देखि नियमित उडान (तालिकासहित)

दोहा, कुवेत र रियादबाट असोज १५ देखि नियमित उडान (तालिकासहित)

  • मङ्लबार, अशोज ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौँ , ६ असोज । सरकारले आउदो असोज १५ गते देखि दोहा, कुवेत र रियादमा पनि नियमित उडान गर्ने भएको छ ।
यसअघि पीसीआर परिक्षण सहज भएको देशहरु कतार, कुवेत र साउदीमा नियमित उडान खोलेको थिए ।

अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले खाडी मुलुकहरुमा पनि नियमित उडान खोल्ने जानकारी दिएको हो ।
यसअघि सेप्टेम्बरका लागि मात्र उडान तालिका सार्वजनिक भइ उडान भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुरअधिकारीका अनुसार सेप्टेम्बरको तुलनामा उडान सख्या थप गरिएको छ ।

यसबाहेक यसअघि चार्टर्ड उडान मात्र भएका तीन गन्तब्यमा अब नियमित उडान नै हुने भएको छ । अहिले भइरहेका गन्तब्यमा नियमित उडान जारी रहनेछ ।

१ अक्टोवर ९१५ असोज०बाट लागू हुने गरी तय भएको तालिका अनुसार २५ दिनका लागि सातामा कुल औसत १ सय ९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ ।

दैनिक १३ देखि १५ उडानले अक्टोवरका लागि अनुमति दिइएको छ । थप भएको उडान तालीका अनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारो र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडानको अनुमति पाएका छन् ।

कुवेतका लागि जजिरा एयरवेजले अनुमति पाएको छ । रियादबाट भने हिमालय एयरलाइन्सले नियमित उडानबाट यात्रु ल्याउने छ ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ