असोज ६ ललितपुर । नेपाल पत्रकार महासंघकी ललितपुर जिल्ला उपाध्यक्ष सिर्जना तिम्सिना र ललितपुरबाटै पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि रहेका वासुदेव तिम्सिनाकी आमा पवित्रा देवी तिम्सिनाको निधन प्रति महासंघ ललितपुर शाखाले पनि शोक वक्तव्य जारी गरेको छ ।
महासंघका अध्यक्ष ज्ञान प्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी असोज ४ गते राति धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा आमा पवित्रा देवी तिम्सिनाको निधनले स्तव्ध भएको जनाउनु भएको छ ।
अध्यक्ष पौडेलद्धारा जारी विज्ञप्तिमा स्वर्गीय आमाप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ ।
अस्पतालले समयमै उपचार नगर्दा आमाको मृत्यु भएको भन्दै परिवारले उपचार गर्न नमान्ने चिकित्सक र अस्पतालका पदाधीकारीमाथि कार्बाहीको माग गरेका छन् ।
आमाका ६ छोरा ४ छोरी रहेका छन् ।
यस अघि नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटिका महासचिव सृजन झाले पनि शोक वक्तव्य जारी गरी आमाप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका थिए ।
