नेकपा सचिवालय बैठक अगावै बालुवाटारमा मन्त्रिपरिषद् बैठक

नेकपा सचिवालय बैठक अगावै बालुवाटारमा मन्त्रिपरिषद् बैठक

  • मङ्लबार, अशोज ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौँ , ६ असोज ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकबस्नु अघि मन्त्रिपरिषद बैठक बस्दैछ ।
मन्त्रिपरिषदको बैठक साढे नौ बजे बालुवटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।

सोमबार बस्नुपर्ने नियमित क्याबिनेट बैठक बसेको थिएन । त्यसैले आजको मन्त्रिपरिषद् बैठक नियमित भएको उक्त मन्त्रीको भनाइ रहेको छ । आजको बैठकमा कोभिड १९ लगायत अन्य नियमित प्रकृयाका बारेमा छलफल हुने मन्त्रीले बताए ।

यद्यपी नेकपाको सचिवालय बैठक पनि मंगलबारनै बस्दैछ । सचिवालय बैठक साढे १२ बजे बालुवाटारमा बस्ने भएको छ ।

नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, एकताका बाँकी काम लगयतबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ