एकैदिन १६ जना कोरोना संक्रमितले ज्यान गुमाए

एकैदिन १६ जना कोरोना संक्रमितले ज्यान गुमाए

  • सोमवार, अशोज ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौँ , ५ असोज ।
सोमबार एकैदिन अहिले सम्मकै धेरै १६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
आज १३ जना पुरुष र ३ जना महिला गरी १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

आज काठमाडौँ उपत्यकाका काठमाडौँका ५८ र ७३ वर्षीया पुरुष , भक्तपुरका ८४ , ६२ वर्षीया पुरुष र ललितपुरकी ५८ वर्षीय महिला र ललितपुरकै ६१ वर्षीया पुरुषले ज्यान गुमाएका छन् ।
यसैगरी उपत्यका बाहिर झापाका ७२ वर्षीया पुरुष , सुनसरीका ४९ वर्षीया पुरुष , पर्साका ८८ वर्षीया पुरुषको आजै कोरोना संक्रमणबाट ज्यान गएको हो ।

त्यस्तै मकवानपुरकी १७ वर्षीय महिला , दोलखाकी ५२ वर्षीय महिलाको पनि कोरोना संक्रमणबाट ज्यान गुमेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी चितवनका ५५ वर्षीया पुरुष , बाँकेका ५० र ५९ वर्षीया पुरुष र रुपन्देहीका ६७ वर्षीया पुरुषले कोरोना संक्रमणबाट आफ्नो ज्यान गुमाएका हुन् ।

मन्त्रालयका अनुसार कुल संक्रमित मध्य ०.७ प्रतिशत अर्थात ४ सय २७ जनाले ज्यान गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ