नेपालको संविधान दिवसका अवसरमा चीनीया राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री लिद्धारा शुभकामना सन्देश

नेपालको संविधान दिवसका अवसरमा चीनीया राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री लिद्धारा शुभकामना सन्देश

  • आइतवार, अशोज ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

असोज ४ बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसगँको सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको सन्देश दिएका छन् ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान दिवसका अवसरमा शुभकामना सन्देश पठाउदै राष्ट्रपति सिले आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गर्ने उल्लेख गरेका छन् ।

सन्देशमा सीले गत वर्ष आफू र राष्ट्रपति भण्डारीबाट भएको आपसी भ्रमणबाट दौत्य सम्बन्ध मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारीमा उक्लिएको बताएका छन् । दुई देशले कोभिड–१९ महामारीविरुद्ध सहकार्य गरेबाट आपसी मित्रता अझ सुदृढ तथा गहिरो भएको पनि सीले बताए ।

यसै गरी चीनका प्रधानमन्त्री ली खछ्याङले पनि आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री लि ले नेपालसँग मिलेर महामारीविरुद्ध संघर्ष गर्नुका साथै विभिन्न क्षेत्रको सहयोग अघि बढाइएको बताए ।नेपालसगँको साझेदारी अझ गहन पार्ने ईच्छा पनि चीनीया प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।
पाँच बर्ष अघि नेपालले संविधान जारी गर्दा असन्तुष्ट बनेको छिमेकी मुलुक भारतले भने शुभकामना दिएको छैन । उसले संविधान जारी भए पछि नेपालमा नाकाबन्दी लगाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ