काठमाडौँ असोज ४ । नेकपा सचिवालयको बैठक पूर्व माओवादी केन्द्रीय कार्यलय रहेको पेरिसडाडाँमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल सहित सचिवालयका सबै सदस्य बैठकमा सहभागी छन् ।
मन्त्रिपरिषद् पुनर्गठन, रिक्त संवैधानिक आयोगमा नियुक्ति , पार्टी एकीकरणका बाँकी काम लगायतका विषयमा छलफल भईरहेको छ । पार्टी एकताको २८ महिनापछि पेरिसडाडामा पहिलो पटक पार्टीको सचिवालय बैठक बसेको हो । यस अघि धेरै जसो सचिवालयको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने गरेको थियो ।
भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले गरेका निर्णयलाई आधार बनाएर सचिवालयमा छलफल हुन लागेको हो । स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकीकरणका बाँकी काम टुंग्याउने निर्णय गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline