यो राज्यसत्ता असफल भयो, संविधान शसोधन वा परिमार्जनले हुदैनः विप्लव

यो राज्यसत्ता असफल भयो, संविधान शसोधन वा परिमार्जनले हुदैनः विप्लव

  • आइतवार, अशोज ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

असोज ४ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कुसासन, भ्रष्टाचार, राष्ट्रघात लगायतका संकटले दलाल राज्यसत्ता असफल भएको पुष्टी भएको भन्दै संविधान शसोधन वा परिमार्जनले निकास नदिने बताएका छन् ।
सरकारले संविधान दिवस मनाएको भोली पल्ट एक विज्ञप्ति जारी गरी महासचिव विप्लवले संविधान शसोधन वा परिमार्जनले नभई राज्य व्यवस्था परिवर्तनले मात्रै निकास दिने बताए ।
विप्लवले अग्रगामी, प्रगतिशील देशभक्त, लोकतान्त्रिक शक्तिहरुले राज्यव्यवस्था पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल लिन जरुरी भएको पनि बताएका छन् ।
“हाम्रो पार्टी यस दिशामा अग्रसर हुन सबैलाई अपील गर्दछ” महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ