७ महिला सहित थप ११ जना संक्रमितको निधन,कुल मृतकको संख्या ४ सय १

७ महिला सहित थप ११ जना संक्रमितको निधन,कुल मृतकको संख्या ४ सय १

  • शनिबार, अशोज ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौँ , ३ असोज ।
एकैदिन ११ जना कोरोना संक्रमितको निधन भएको छ ।
आज सात महिला र चार पुरुष गरी ११ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

काठमाडौँ उपत्यकामा ललितपुरकी ७६ , ६८ वर्षीया महिला , ललितपुरकै ६० वर्षे पुरुष , काठमाडौँका ७५ वर्षीया पुरुष र काठमाडौँकै ७७ वर्षीया महिलाको मृत्यु भएको हो ।
मकवानपुरकी ३७ वर्षीया महिला , सर्लाहीकी ५६ वर्षीया , रौतहाटकी ५१ वर्षीया महिला , मोरंगकी ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट ज्यान गएको हो ।

यसैगरी बाँकेका ४५ वर्षे पुरुष , रुपन्देहीका ६९ वर्षे पुरुषको पनि आजै कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

आज ११ जनाको ज्यान गएसंगै कुल मृतकको संख्या ४ सय १ पुगेको छ ।
मन्त्रालयका अनुसार कुल कोरोना संक्रमत मध्य ०.६४ प्रतिशतले ज्यान गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ