असोज ३ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । यसै क्रममा पछिल्लो २४ घण्टामा १२ सय ४ जना संक्रमित थपिएका छन् ।
देशभर १० हजार ३३३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका पवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ नेपालमा कुल संक्रमितको संख्या ६२७९७ पुगेको छ । हिजोको तुलनामा आज केही कम संक्रमित थपिएका हुन् । हिजो २ हजार २० जना संक्रमित थपिएका थिए ।
यस मध्य सक्रिय संक्रमित १७ हजार १२९ रहेका छन् ।
आज १४ सय ४७ जना कोरोना जीतेर डिस्चार्ज भएका छन् । अहिले सम्म कोरोना जीत्नेको संख्या ४५ हजार २६७ रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline