असोज १ काठमाडौँ । नेपालमा आज हिजोको तुलनामा कम १२ सय ४६ जनामा कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा जम्मा १० हजार ६४१ पीसीआर परीक्षण गर्दा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ कुल संक्रमितको संख्या ५९ हजार ५७३ संक्रमितको संख्या पुगेको छ ।
सक्रिय संक्रमितको संख्या १६ हजार २४१ जना रहेको छ । त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२ सय ४३ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८८३ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline