काठमाडौँ , ३१ भदौ ।
कोरोना महामारीका कारण लगाएको लकडाउन केही खुकुलो हुदै लाने क्रममा भोली देखि सार्वजनिक यातायात देखि होटल व्यावसाय खुल्ने भएकोे छ ।
उपत्यकाका तीनै जिल्लाका प्रजिअले गृह सचिव महेश्वर न्यौपानेसँगको छलफलपछि यस्तो निर्णय गरेका हुन् ।
भदौ २४ गते निषेधाज्ञा खुकुलो पार्दै प्रशासनले केही क्षेत्रलाई बन्देज लगाएर धेरैजसो क्षेत्रमा निषेधाज्ञा खुलाएको थियो।
निर्णय अनुसार निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० जनकराज दाहालले बताए ।
दाहालका अनुसार काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोररबिजोर भने कायमै राखिएको छ ।
निजी र सार्वजनिक सवारीको जोररबिजोर प्रणाली अर्को आदेश नआउन्जेल कायम रहने छ ।
कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसलमा लगाइएको समय पनि हटेको छ। सपिङ मलहरू पनि पूर्ण रुपमा खुल्नेछन्।
यस्तै सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन ।
यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्याली र सभामा लगाइएको रोक पनि कायमै राखिएको दाहालले बताए ।
काठमाडौं जिल्ला प्रशासनले निषेध गरिएकाहरुका गतिविधिबारे सूचना प्रकाशित गर्दै सुचीकृत गराएको हो ।
