काठमाडौँ , ३१ भदौ ।
गएको २४ घण्टामा नेपालमा थप ८ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।
आज ४ पुरुष र ४ महिला गरी आठ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज सुनसरीका ७० वर्षीया पुरुष , सप्तरीका ३५ वर्षीया पुरुष रहेका छन् ।
यसैगरी काठमाडौँका ७१ र ७४ वर्षीय दुइ महिला रहेका छन् ।
आजै बाराकी ४६ वर्षीया महिला , काभे्रपलाञ्चोककी ५५ वर्षीया महिला , काभे्रपलाञेककै ४१ वर्षीया पुरुष र कास्कीका ७० वर्षीया पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल संक्रमित मध्य ०.६५ अर्थात ३७९ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline