भदौ ३१ काठमाण्डौं । नेपालमा आज अहिले सम्मकै सबै भन्दा धेरै १५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ४ सय ९४ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।
कुल सक्रिय संक्रमितको संख्या १६२४२ जना रहेका छन् । त्यस मध्य ८५४१ संस्थागत आईसोलेसनमा रहेका छन् भने होम आईसोलेसनमा ७ हजार ७ सय १ जना रहेका छन् । क्वारेन्टाईनमा ७ हजार ८ सय २० जना रहेका छन् ।
२४ घण्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । यो सगैँ कुल डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline