नेपालीलाई घर फर्किन थप तीन नाका खुला

नेपालीलाई घर फर्किन थप तीन नाका खुला

  • बुधबार, भदौ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

काठमाडौँ , ३१ भदौ ।
कोरोना महामारीका कारण चीन र भारतमा अलपत्र परेका नेपालीलाइ घर फर्कन सरकारले थप तीन नाका खुला गरेको छ ।
सरकारले यसअघि ३१ भदौसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाका सबै बिन्दु र खुला सीमानाको जुनसुकै स्थानबाट असोज महिनाभरी प्रवेश निषेध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले भारत र चीनमा समस्या परेका नेपालीलाई प्रवेश गर्न थप ३ वटा नाका खुल्ला गर्ने निर्णय गरेको हो ।

चीनमा समस्यामा परेका नेपालीहरूलाई रसुवागढी नाकाबाट प्रवेश खुल्ला गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
यस्तै, भारततर्फ समस्यामा परेका नेपालीलाई इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलघाँट नाकाबाट प्रवेश गर्न अनुमति दिने निर्णय भएको ज्ञवालीले बताए ।

यसअघि भारतमा समस्यामा रहेका नेपालीका लागि १० नाकाबाट प्रवेश अनुमति दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ