भदौ ३१ काठमाण्डौं । कोरोना संक्रमण पुष्टी भए पछि घरमै आईसोलेसनमा बसेका नेपाली काँग्रेसका महामन्त्री शंशाक कोईराला चावहिल स्थित ओम अस्पतालमा भर्ना भएका छन् ।
स्वास्थ्यमा थप समस्या देखिए पछि उनलाई अस्पतालमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ । भदौ २३ गते उनी कोरोना संक्रमित भएका थिए ।
महामन्त्री कोईरालालाई ज्वरो बढे पछि गएराति ओम अस्पताल लगिएको थियो । चिकित्सकहरुले उनमा निमोनिया भएको अनुमान गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline