काठमाडौँ , ३० भदौ ।
आज थप ११ जना कोरोना संक्रमितको निधन भएको छ । गएको २४ घण्टामा ४महिला र ७ पुरुष गरी ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जनाए अनुरुप आज काठमाडौँ उपत्यकामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उपत्यकामा मृत्यु हुनेहरुमा काठमाडौँका ३४ , ९६ र ६६ वर्षीया पुरुष र काठमाडौँकै ८३ वर्षीया महिला रहेका छन् ।
यसैगरी उपत्यका बाहिर ७ जनाको मृत्यु भएको छ ।
आज सर्लाहीका ६४ वर्षीया पुरुष , सिरहाका ३५ वर्षे पुरुष, बाराका ५५ वर्षीया पुरुष र बाराकै ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट ज्यान गएको हो ।
त्यस्तै मकवानपुरका ६१ वर्षीया पुरुष , रुपन्देहीकी ६४ वर्षीया महिला र कपिलवस्तुका ५८ वर्षीया पुरुषको निधन भएको छ ।
मन्त्रालयले जनाए अनुसार नेपालमा कुल कोरोना संक्रमित मध्य ०.६५ अर्थात ३७१ जनाले ज्यान गुमाएका छन् ।