सास फेर्न गाह्रो भए पछि पर्सा नेपाल राष्ट्रिय विद्यापिठ स्कुल श्रीपुरकी शिक्षिका किरण देवी कर्ण नारायणी अस्थायी कोभिड अस्पतालमा भर्ना भईन् । भदौ १२ गते भर्ना हुनु अघि उनका कोरोना थिएन । उनको छातीमा पानी जमेको पाईएको थियो ।
कर्णलाई भदौँ २२ गते उहाँ कोरोना संक्रमित भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताए ।
उपचारका लागी भर्ना भएका उहाँ १२ देखी २२ गतेको विचमा १० दिनको अवधिमा छातिमा जमेको पानी निकालिएन । जबकी कुनै ठुलो कारण नै हैन् छातिको पानी निकाल्न समान्य चिकित्सकको एसिस्टेन्टले समेत गर्न सक्छन् । एक चिकित्सकले भने, छातिको पानी निकालेर, एक्सरे गर्दा, र हेमोग्लोविन कम भएकाले त्यस्ता केहि उपचारहरु गरेको भए भिडियोमा बोले अनुसार आत्मविश्वास बलियो भएका वहाँको लापरवाहि बाहेक मृत्यु हुने कारण देख्दीन ।
२२ गते जब पिसिआर पोजेटिभ आयो त्यसपछि पनि उनको छातिबाट पानी झिक्न सक्थ्यो नेपाल सरकारको थ्रि स्टार होटलको सेवा सुविधा लिएर झण्डै ३ लाख तलब भत्ता बुझेर खटिएका चिकित्सकले उनको उपचारमा हेलचेक्रयाई गरेको पीडित परिवारको आरोप छ । किरणको आईतबार मृत्यु भएको थियो ।
किरणले स्वयं भिडियोमा मलाई कोरोना भएको छ , यहाँ सबै अन्यौलमा छ , सरसफाई छैन, रेखदेख छैन भनेकी छन् । मृत्यु अघि उनी सघन उपचार कक्षमा बोल्ने गर्थिन् । यसरी बोल्दा बोल्दै समयमा छातीको पानी निकालेर उपचार नगर्दा ज्यान गएको परिवारको बुझाई छ । अहिले उनको दाहासंस्कार पनि भएको छ ।
मृत्युको अघिल्लो साँझ किरणको पिसिआर नगेटिभ आईसकेको थियो । त्यहिँ हस्पिटलमा भर्ना रहेका उनका श्रीमान्, छोरा र बुहारीलाई कोरोना संक्रमणले मृत्यु भएको जानकारी दिईएको थियो । तर उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
यस विषयमा उनको उपचारमा संलग्न चिकित्सक डा. राकेश तिवारीले उपचारमा लापरबाही नभएको दाबी गरे । उनले उनको मृत्युको कारण कोभिन निमोनिया नै भएकाले अन्तिमको एक्सरे, सबै रिपोर्ट र औषधी चलाएको भन्दै कतिपयलाई त्यही औषधीले काम गर्ने र कतिपयलाई नगर्ने बताए ।
बीरगञ्जमा उपचारमा लापरबाहीको गुनासो भने बढिरहेको छ ।
भिडियो हेर्नुस् मृत्यु हुनु अघि किरणदेवीले बोलेको :