काठमाडौँ , २९ भदौ ।
उच्च अदालत पाटनले समयमा मल आयात नगर्ने दुई कम्पनी शैलङ इन्टरप्राइजेज र होनिको मल्टिपल माथिको कारबाही प्रक्रिया बुधबारसम्म अघि नबढाउनअन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालीमाथिको कारबाही यथास्थितिमा राख्न आज आदेश दिएको हो ।
सोमबार कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्याललाई सिफारिस गरेको थियो ।
शैलुङ र होनिको दुवै कम्पनिले आफ्नो धरौटी जफत गर्न नहुने र कालोसूचीमा नराख्न माग राख्दै उच्च अदालत पाटन पुगेका थिए ।
यद्यपी अदालतले सरकार र ठेकेदार दवै पक्षलाइ यहि भदौ ३१ गते अदालतमा हाजिर हुन आदेश पनि दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline