एकैदिन उपत्यकामा ८ सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु,कुल मृतकको संख्या ३६०

एकैदिन उपत्यकामा ८ सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु,कुल मृतकको संख्या ३६०

  • सोमवार, भदौ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ , २९ भदौ ।
नेपालमा अहिले सम्मकै धेरै एकैदिन १५ जनाको कोरोना संक्रमणबाट ज्यान गुमेको छ ।
आज ५ महिला र १० जना पुरुष गरी १५ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ८ र उपत्यका बाहिर ७ जनाले ज्यान गुमाएका छन् ।

आज मृत्यु हुनेहरुमा काठमाडौँकी ६१ वर्षीया महिला , कपिलवस्तुकी ४७ वर्षे , पर्साकी ५५ वर्षे , नवलपरासीकी ६२ वर्षीया महिला र गोरखाकी ६३ वर्षीष महिलाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

यसैगरी मोरंगका ४० र ७० वर्षे दुइ पुरुषले पनि ज्यान गुमाएका छन् ।
त्यस्तै ललितपुरका ५५ वर्षे , भक्तपुरका ७३ वर्षे , रामेछापका २३ वर्षीय पुरुषले पनि आजै कोरोना संक्रमणबाट ज्यान गुमाएका हुन् ।

मन्त्रालयले जनाए अनुसार काठमाडौँका ७३ , ६२ , ७७ , ८५ , ७० वर्षीय पुरुषहरुले ज्यान गुमाएका छन् ।

नेपालमा कुल कोरोना संक्रमित मध्य ०.६५ प्रतिशत अर्थात तीन सय ६० ले ज्यान गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ