भदौ २९ काठमाण्डौं । नेपालमा आज २४ घण्टामा ११ सय ७० जना संक्रमित थपिएका छन् । १० हजार ८ सय ७८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।
सक्रिय संकमित १५ हजार ३९३ रहेका छन् । त्यस मध्य संस्थागत आईसोलेसनमा ८ हजार एक सय १८ जना रहेका छन् । यस्तै होम आईसोलेसनमा ७ हजार २ सय ७५ जना रहेका छन् ।
आईसीयुमा एक सय ७९ जना रहेका छन् भने भेन्टिलेटरमा २९ जना रहेका छन् ।
क्वारेन्टाईनमा ६ हजार ८ सय ७० रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline