भक्तपुर मृत फेला तीनको पोष्टमार्टम :आमा–छोराको टाउकोमा चोट,सुदिप द्वारा वीष सेवन

भक्तपुर मृत फेला तीनको पोष्टमार्टम :आमा–छोराको टाउकोमा चोट,सुदिप द्वारा वीष सेवन

घर बैङ्कमा धितो, ऋणको बोज

  • आइतवार, भदौ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

भक्तपुर , २८ भदौ ।
मध्यपुर-थिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा शुक्रबार मृत फेला परेका सुदिप , सम्झना , सुशान्तको भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा शव परीक्षण गरिएको छ ।
शव परीक्षणको विस्तृत रिपोर्ट आउन बाँकी रहेपनि प्रारम्भिक रिपोर्ट अनुसार सुदीप पत्नी सम्झना र छोरा सुशान्तको टाउकोमा चोट देखिएको छ ।

‘छोरा सुशान्तको टाउकोमा चार पटक र श्रीमतीको टाउकोमा तीन पटक दाउले हिर्काएको देखिन्छ,’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने–‘सुशान्तको घाँटीमा हतियारले काटेको गहिरो चोट छ ।’
सुदीपको शरीरमा चोट छैन् । उनले विष खाएर आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट पनि खुलेको छ ।
मुसा मार्ने ‘सेल्फस’नामक विषको दुईओटा बाहिरी खोल घरबाहिर बारीमा भेटिएको छ । विषको बट्टा घरको छतबाट फाल्दा बारीमा पुगेको हुनसक्ने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

घरको पहिलो तल्ला जहाँ सुशान्त मृत भेटिए, त्यहाँ फलामको बिँड भएको दाउ र भान्सामा प्रयोग हुने चक्कु फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष अनुसार सुदीपले पहिलो श्रीमती र त्यसपछि छोराको हत्या गरेको हो ।

आमा–छोराको भिसेरा परीक्षण गर्न प्रहरीले नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा स्याम्पल पठाएको छ ।

ऋणको बोज

सुदिप अधिकारी जगातीस्थित ओम्निका ल्याबोरेटरिजमा काम गर्थे । तर, अत्यधिक मदिरा सेवन गर्ने उनको बानीका कारण सो औषधि कम्पनीले उनलाई जागिरबाट निकाल्यो ।

पछिल्लो समय अधिकारी दम्पतीले निकोसेरास्थित घरको सटरमा किराना पसल चलाउँथे । १ आना तीन पैसामा बनेको सो घर बैङ्कमा धितो थियो ।
१ वर्षअघि कृषि विकास बैंकमा २३ लाख ८५ हजार ऋण लिएर उनीहरुले घर धितो राखे ।

किराना पसलमा सामान थप्न लकडाउन शुरु भएपछि ससुरालीसँग २ लाख ऋण लिए । ऋणको बोझ थियो, आम्दानी थिएन् । ब्याज तिर्न नसक्ने अवस्था भएपछि घरमा दैनिक झगडा हुन थाल्यो ।

ऋणको बोझ र घरझगडाले सुदीपले श्रीमती र छोरासँगै आफ्नो ईहलिला आफैंले समाप्त पारेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ