नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जना पक्राउ

नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जना पक्राउ

  • आइतवार, भदौ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

झापा, भाद्र २८ गते । झापाका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर नगरपालिका-१२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका-१३ ईलाम रोडबाट शनिवार दिउँसो ३ बजे पक्राउ गरेको हो ।

मे. ४ प. ७७२६ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त परीणामको लागुऔषध बरामद भएको थियो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ का २१ बर्षीय संदिप धिमाल, २३ बर्षीय आकाश राई र अर्जुनधारा नगरपालिका-७ का १९ बर्षीय आषिश राईलाई १४ ग्राम लागुऔषध ब्राउनसुगर सहित अदुवा पुल छेउबाट शनिवार दिउँसो ४ बजे पक्राउ गरेको छ ।

पुल छेउमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा उक्त स्थानमा पुगेको प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको हो । यस्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४ केजी ५८ ग्राम नियन्त्रीत लागुऔषध गाँजा सहित माङसेबुङ गाऊँपालिका-६ ईलाम घर भई दमक नगरपालिका-१ बस्ने २६ बर्षीय अर्पण राईलाई पक्राउ गरेको छ ।

आफ्नै कोठाबाट लागुऔषध गाँजाको कारोवार गर्ने गरेको भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नियामानुसार राईको कोठा खानतलासी गर्दा उक्त परिणामको लागुऔषध गाँजा बरामद गरेको थियो । कोठाबाट लागुऔषध बरामद भएसंगै राईलाई समेत नियन्त्रणमा लिनुका साथै पक्राउ परेका सबै जना उपर कानूनी कारवाही तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ