सिन्धुपाल्चोक पहिरो अपडेट: एक महिलाको शव भेटियाे, १७ जना वेपत्ता, सभामुख सिन्धुपाल्चोक प्रस्थान

सिन्धुपाल्चोक पहिरो अपडेट: एक महिलाको शव भेटियाे, १७ जना वेपत्ता, सभामुख सिन्धुपाल्चोक प्रस्थान

  • आइतवार, भदौ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

चाैतारा, २८ भदाै ।
लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । “ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, शेर्पाले भन्नुभयो ।

१७ जना बेपत्ता भएका छन् । शवको सनाखत हुन बाँकी छ ।शनिबार राती २ बजेर ४६ मिनेटमा बस्तीमाथिबाट आएको पहिरोले घुम्थाङको १८ घर बगाएको हो । घरका सबै सदस्य बेपत्ता भएका छन् ।
भीरखर्कका १०, नागपुच्छेका ८ घर र किम्बे गाउँमा पहिरोले बगाएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बेपत्ताहरुको खोजी र उद्धारको कार्य जारी रहेको बताउनुभयो । स्थानीयहरु समेत खोजी कार्यमा जुटेका छन् ।

न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिनुभयो । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।

पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक आउँदै हुनुहुन्छ । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गर्नुभएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ