काठमाडौँ , २७ भदौ ।
गएको २४ घण्टामा नेपालमा थप १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
आज काठमाडौँ उपत्यकामा ५ सहित १४ जनले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज मृत्यु हुनेहरुमा काठमाडौँका ७६ वर्षीया महिला , ५१ र ५४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
यसैगरी भक्तपुरका ७२ र ३८ वर्षीय पुरुषको पनि निधन भएको हो ।
त्यस्तै सुनसरिका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, चितवनका ६१ वर्षीय पुरुषको पनि कोरोना बाट ज्यान गुमेकने हो ।
आजै तनँहुकी ७६ वर्षीया महिला , स्यांग्जाका ८५ वर्षीया पुरुष , गोर्खाका ४५ वर्षीया , कास्कीका ५१ वर्षीया पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
रुपन्देहीका ६० र ४० वर्षीया पुरुषले पनि आजै ज्यान गुमाएका हुन् ।
आज १४ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या तीन सय ३६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।
नेपालमा कुल कोरोना संक्रमित मध्य ०.६३ प्रतिशतले ज्यान गुमाएका छन् ।