पर्सामा निषेधाज्ञाः सानालाई सास्ती, पहुँच र पदमा हुने नियमविपरीत भेलामा

पर्सामा निषेधाज्ञाः सानालाई सास्ती, पहुँच र पदमा हुने नियमविपरीत भेलामा

  • शनिबार, भदौ २७, २०७७
  • दीपक चौरासीया

  • 9.7K
    SHARES

भदौ २७ बीरगञ्ज । कोरोनाको कहरले प्रभावित पर्सामा यसको नियन्त्रणका लागि भन्दै भएका लकडाउन, निषेधाज्ञा आदिमा सामान्य मानिसले सास्ती भोगिरहेका छन् । तर पँहुच र पद हुने र अधिकार हातमा हुनेहरु भने आफैले जारी गरेको नियम विपरीत समारोहमा भाग लिईरहेका छन् ।
पर्सामा लकडाउन उलंघनका नाममा प्रहरीको हातबाट कति पटक सर्वसाधारणले कुटाई खाएका छन् । तोकेको समय भन्दा केही क्षण ढिलो हुँदा सामान्य तरकारी बेच्ने मान्छेलाई समामातेर जरीवाना गरिएको छ ।
जरिवाना पनि ९ हजार १ सय रुपैया सम्म जिल्ला प्रशासन कार्यलयको नाममा लिने गरिएको छ । तर शक्ति र पहुँच हुनेहरुले भने जिल्ला प्रशासन आफैले तोकेको नियम विपरीत भेला गरिएको छ ।
अझ केही समय पहिला लकडायनकै बेला प्रधानमन्त्री ओलीको पार्टी भित्रैबाट राजीनामाको माग भएको विरोधमा र्याली निकालिएको थियो भने अन्य दल र समुहहरुले पनि धर्ना र्याली निकाल्ने गरेका थिए ।
अहिले लकडाउन र निषेधाज्ञा उलंघन भनेर सर्वसाधारणमाथि लाठी हान्ने प्रहरी अधिकारीहरु आफै मापदण्ड र नियम विपरीत भएका भेलामा अतिथि बनेर पुगेका छन् । बिरगंजको नेश्नल मेडिकल कलेज कोरोना अस्पतालको उदघाटन कार्यक्रममा प्रहरी प्रशासनकै अगाडी सयौको सन्खयामा भिड भाड भए पनी प्रहरी त्यसको साक्षी मात्र देखिन्थ्यो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आश्मान तमाङ्ग, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्त, सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षकको उपस्थितमा उदघाटन कार्यक्रम समपन्न भएपनी सयौको सन्ख्यामा रहेका नेता कार्यकर्तालाई समाजिक दुरि समेत कायम गर्न सकेका थिएनन् ।
सुरक्षा समितिको बैठकपछि प्रशासनले जारी गरेको सूचना अनुसार कुनैपनि मेला, महोत्सव, जात्रा सञ्चालन नगर्ने, मानिसहरु भेला जम्मा नहुने, भिडभाड नगर्ने, सभा जुलुस नगर्ने वा चार जना भन्दा बढी व्यक्तिलाई एक ठाउँमा जम्म नहुन जिल्ला प्रशासन कार्यालय पर्साको परिपत्रमा उल्लेख छ । तर, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र प्रहरी उपरीक्षक गङ्गा पन्त शुक्रबार थुप्रै व्यक्ति सहभागी भएको अस्पताल उद्घाटनमा आफै  उपस्थित थिए ।
ठुला वडाको कार्यक्रममा जिल्ला प्रमुखहरू पुगि आफै नियम कानूनको धज्जी उढाएको पाइएपनी सधारण गरिब मान्छेलाइ नियन्त्रणमा लिदै दुख दिरहेको स्थानीयको गुनासो छ ।  नियन्त्रणमा लिएर सर्वसाधारणलाई चिट समेत काटने गरेको सर्वसाधारणको दुखेसो रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ