विप्लवका दाई बीरजंगलाई रिहा गर्न संखुवासभा अदालत अझै खुल्ला, आजै राती न्यायधीशको रोहबरमा छाडने तयारी

विप्लवका दाई बीरजंगलाई रिहा गर्न संखुवासभा अदालत अझै खुल्ला, आजै राती न्यायधीशको रोहबरमा छाडने तयारी

  • शुक्रबार, भदौ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

चैनपुर, २६ भदौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र बहादुर चन्द (बीरजंग) लाई आजै रिहा गर्ने तयारी गरिएको छ । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण मुद्धामा सुनुवाई गर्दै अविलम्ब रिहा गर्न आदेश जारी गरेलगत्तै जिल्ला अदालत संंखुवासभाले वीरजंगलाई रिहा गर्ने तयारी गरेको अदालतका श्रेस्तेदार डिल्लराम प्रसाईले जानकारी दिए ।

जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको रोहवरमा रिहा गर्ने तयारी गरिएको प्रसाईले बताए । सर्वोच्चले न्यायधिसको रोहवरमा अविलम्ब रिहा गर्न आदेश दिएको पत्र प्राप्त भएकाले राति नै रिहा गर्ने अदालतले तयारी गरेको उनले बताए ।
उता जिल्ला प्रहरी कार्यलयको प्रहरी टोलीले नेता वीरजंगलाई अदालत लगिरहेको छ । जिप्रका संखुवासभाका डिएसपि नवराज मल्लले सर्वोच्चको आदेश लगत्तै जिल्ला अदालत चैनपुरमा उपस्थित गराउन चन्दलाई पठाईएको मिर्मिरेलाई जानकारी दिए ।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको बहसपछि सुनुवाई गर्दै आज न्यायधीशद्धय हरीकृष्ण कार्की र टंक बहादुर मोक्तानको सँयुक्त ईजलाशले संखुवा सभा जिल्ला न्यायधीशको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो ।
चन्दको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, कपिलचन्द्र पोखरेल, कान्ति ढुंगाना, खिमानन्द अधिकारी, सन्तोष कोईराला, राजु अधिकारी, चिरन्जीवी ढकाल र चुडा बहादुर निरौलाले बहस गरेका थिए ।

उनलाई अहिले संखुवा सभामा हातहतियार संगठित अपराध सहितका मुद्धामा थुनामा राखिएको छ ।
नेता वीरजंगलाई अदालत ल्याईपुर्याएलगत्तै न्यायधिसको रोहवरमा रिहा गरिने श्रेस्तेदार प्रसाईले बताए ।
अहिले अदलतमा न्यायधिस आचार्य पनि अदालतमा नै रहेका छन् । चन्दका हकमा यस अघि पनि सर्बोच्चले यस्तै प्रकृतिको आदेश जारी गरेको थियो ।
तर सर्वोच्चको आदेश विपरीत प्रहरीले पुनः गिराफ्तार गरेको भन्दै सर्वोच्चमा पुनः रिट परेको थियो ।
दाङबाट गत साउन १५ गते दाङबाट छुटे पछि काभ्रे ल्याईएको थियो भने त्याहाँबाट छुटे पछि भोजपुर पुर्याईएको थियो । भोजपुरबाट सर्वोच्चको आदेशमै छुटेका चन्दलाई फेरी संखुवासभा पुर्याईएको थियो ।
०७५ फागुण २८ गते नेकपामाथि प्रतिवन्ध लगाए पछि सरकारले सो पार्टीका नेता कार्यकर्तालाई गिराफ्तार गर्दै अड्डासार गर्दै थुन्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ