काठमाडौँमा घरधनीद्वारा कोठा भाडामा बस्नेको हत्या

काठमाडौँमा घरधनीद्वारा कोठा भाडामा बस्नेको हत्या

  • शुक्रबार, भदौ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 45.2K
    SHARES

काठमाडौँ , २६ भदौ ।
काठमाडौँमा घरको सुरक्षाका लागि प्रयोग गरिने आग्लोले हिर्काएर भाडामा बस्ने एकको हत्या भएको छ । बारा कलैया उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं भाजङगल बस्ने ४८ वर्षीय शम्भु चौधरीको हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–७ भाजङगलका ६६ वर्षीय कृष्ण महर्जनले सामान्य विवादमा चौधरीलाई आग्लोले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

आग्लोले लागेर गम्भीर घाइते चौधरीको उपचारको क्रममा कीर्तिपुर मोडल अस्पतालमा मृत्यु भएको एसपी राठौरले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ