भदौ २६ काठमाण्डौं । गत असोज ३० गते दाङबाट पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चन्द्र बहादुर चन्द ( बीरजंग) लाई अविलम्ब रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । उनलाई अहिले संखुवा सभामा हातहतियार संगठित अपराध सहितका मुद्धामा थुनामा राखिएको छ ।
आज न्यायधीशद्धय हरीकृष्ण कार्की र टंक बहादुर मोक्तानको सँयुक्त ईजलाशले संखुवा सभा जिल्ला न्यायधीशको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो ।
चन्दको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, कपिलचन्द्र पोखरेल, कान्ति ढुंगाना, खिमानन्द अधिकारी, सन्तोष कोईराला, राजु अधिकारी, चिरन्जीवी ढकाल र चुडा बहादुर निरौलाले बहस गरेका थिए ।
बहस पछि सर्वोच्चले दिएको उक्त आदेशसगैँ उनलाई रिहा गर्ने संखुवासभा जिल्ला प्रहरी कार्यलयका प्रमुख डिएसपी नवराज मल्लले सर्वोच्चको आदेश लगत्तै जिल्ला अदालत चैनपुरमा उपस्थित गराउन चन्दलाई पठाईएको मिर्मिरेलाई जानकारी दिए ।
चन्दका हकमा यस अघि पनि सर्बोच्चले यस्तै प्रकृतिको आदेश जारी गरेको थियो ।
तर सर्वोच्चको आदेश विपरीत प्रहरीले पुनः गिराफ्तार गरेको भन्दै सर्वोच्चमा पुनः रिट परेको थियो ।
दाङबाट गत साउन १५ गते दाङबाट छुटे पछि काभ्रे ल्याईएको थियो भने त्याहाँबाट छुटे पछि भोजपुर पुर्याईएको थियो । भोजपुरबाट सर्वोच्चको आदेशमै छुटेका चन्दलाई फेरी संखुवासभा पुर्याईएको थियो ।
०७५ फागुण २८ गते नेकपामाथि प्रतिवन्ध लगाए पछि सरकारले सो पार्टीका नेता कार्यकर्तालाई गिराफ्तार गर्दै अड्डासार गर्दै थुन्दै आएको छ ।
सर्वोच्चको आदेश हेर्नुस् :

