भदौ २६ काठमाण्डौं । नेपालमा अहिले सम्मकै सबै भन्दा धेरै १४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । आज १० हजार ७ सय १ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस मध्य सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेका छन् । यस्तै होम आईसोलेसनमा ६ हजार ६ सय ३४ जना रहेका छन् ।
क्वारेन्टाईनमा ६ हजार ७८ जना रहेका छन् । २४ घण्टामा ९ सय ७२ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।
कोरोनाबाट पछिल्लो २५ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यो सगैँ कुल मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline