काठमाडौं, भदौं २६ ।असार १० देखि शुरु भएर पटक पटक स्थगित हुदै आएको नेकपा स्थायी समितिको बैठक आज बस्दै छ ।
बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्ताव पेश गरेर छलफल गरिने छ ।
फुटको नजिक पुगेको नेकपा अहिले भने प्रधानमन्त्री ओलीलाई थप बलियो बनाउने ६ सदस्यीय कार्यदलको प्रस्तावमा दाहालले सहमति जनाएपछि विवाद साम्य बनाउने प्रयास भएको छ ।
कार्यदलले दिएको प्रतिवेदनमै केही फेरबदल गरेर अध्यक्षद्वयले तयार पारेको १५ बुँदे प्रस्ताव आज बस्ने स्थायी कमिटीको बैठकमा पेश गरिने र पारित गरिने जनाइएको छ ।
बैठकमा विवाद समाधान कार्यदलको प्रतिवेदनबारे छलफल, अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा छलफल हुने जनाईएको छ ।
यो प्रतिवेदनमा एमसीसी संसोधन सहित अनुमोदन गर्ने उल्लेख छ । यस्तै मन्त्रीपरिषद् पुनर्गठन लगायतका बिषयमा पनि निर्णय हुने बताईएको छ ।
दुई अध्यक्षले तयार पारेको प्रतिवेदन र सहमतिप्रति भने माधव नेपाल सहमत छैनन् ।