काठमाडाैं, २५ भदाै । नेपालमा आज १२ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा जागेश्वर गौतम पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेका छन् ।
अहिलेसम्म संक्रिय संक्रमितकाे संख्या १४ हजार ४ सय ४८ रहेकेा छ । संस्थागत आइसाेलेसनमा रहेका व्याक्तिकाे संख्या ८ हजार १० रहेकाे छ ।
मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा आठ हजार १० र होम ६ हजार ४३८ जनाको उपचार भइराखेको छ। २४ घण्टामा ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ। योसँगै नेपालमा पीसीआर परीक्षण गर्नेको संख्या आठ लाख १० हजार ४८५ पुगेको छ।
२४ घण्टामा १२ सय ४६ संक्रमित थपिएका छन्। अहिले क्वारेन्टाइनमा ५ हजार ८०६ जना रहेका छन्। २४ घण्टामा १८ सय १९ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ।