आन्तरिक उडान असोज १५ देखि सञ्चालन गर्ने तयारी , अन्तर्राष्ट्रिय उडान संख्यामा बृद्धि

आन्तरिक उडान असोज १५ देखि सञ्चालन गर्ने तयारी , अन्तर्राष्ट्रिय उडान संख्यामा बृद्धि

  • बिहिबार, भदौ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

काठमाडौँ , २५ भदौ ।
अन्तर्राष्ट्रिय उडानको संख्यामा बृद्धी गर्दै लाने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले अन्तर्राष्ट्रिय उडान संख्या थप्न लागिएको जानकारी दिए ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा यो प्रस्ताव पठाइसकेको भन्दै उनले आन्तरिक उडान पनि सुचारु गर्न प्रस्ताव पठाएको जानकारी गराए ।

आन्तरिक उडानमा कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने पक्षमा सरकार रहेको उनको भनाइ छ ।
आन्तरिक उडान असोज १५ बाट खोल्ने तयारीमा सरकार रहेको बताउँदै उनले भने, ‘सो बेला चाडबाड पनि आउनेछ र उडान पनि सुचारु गर्ने तयारी गरिरहेका छौ ।’ हवाई सञ्चालकहरुले आन्तरिक उडान तत्काल खोल्न माग गर्दै आएका छन् भने सरकारले आन्तरिक हवाई उडान असोज १ गतेसम्म स्थगित गर्ने निर्णय गरेकोमा मन्त्रीको भनाइले यो समय थप लम्बिने भएको हो ।

स्वदेश फर्कन चाहने करिब पाँच लाख नेपाली रहेको बताउँदै उनले भने, ‘वैदेशिक रोजगारीमा गएकाहरुको रोजगारी गुमिसक्यो । कतिपय कम्पनीले कम्पनीकै खर्चमा नेपाल पठाउने भनेका छन् । कतिपय बेखर्ची भएकाहरुलाई उद्धार गर्नुपर्ने छ । अहिले दैनिक करिब हजार जना स्वदेश फर्किएकोमा यो संख्या अब दैनिक ३ हजारसम्म पुग्छ ।’

हाल दैनिक ७र८ अन्तर्राष्ट्रिय उडान भइरहेको र अब त्यो संख्या बढाउँदै लैजाने मन्त्री भट्टराईले जानकारी दिए ।
पर्यटन क्षेत्रले मासिक १० अर्ब रुपैयाँ गुमाएको भन्दै उनले छिटो भन्दा छिटो पर्यटन क्षेत्र खोल्न आफूहरुले पहल गरेको पनि उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ