सीमावर्ती क्षेत्रबाट नेपाली किशोरीलाई फकाई भारत लैजाँदै गरेका ६ युवक पक्राउ

सीमावर्ती क्षेत्रबाट नेपाली किशोरीलाई फकाई भारत लैजाँदै गरेका ६ युवक पक्राउ

  • बिहिबार, भदौ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

रौतहट , २५ भदौ ।
मध्यरातमा नेपाली एक किशोरीलाई ललाइफकाइमा पारी भारततर्फ लादैगरेका६ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुलाइ सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो।

बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शङ्का लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ