नेकपाको स्थायी कमिटी बैठक भोली बस्दैः मन्त्रिपरिषद् पुनर्गठन लगायत १५ बुँदे प्रस्तावमा छलफल हुने

नेकपाको स्थायी कमिटी बैठक भोली बस्दैः मन्त्रिपरिषद् पुनर्गठन लगायत १५ बुँदे प्रस्तावमा छलफल हुने

  • बिहिबार, भदौ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं, भदौं २५ । सत्तारुढ नेपाल कम्युनष्टि पार्टीको स्थायी कमिटि बैठक भोलि (शुक्रवार) बस्दै छ । बैठकमा मन्त्रीपरिषद् पुनर्गठनलगायतका १५ बुँदे प्रस्तावमाथि छलफल हुने छ ,
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल मन्त्रिपरिषद पुनर्गठन गर्न सहमत भएका छन् । अध्यक्षद्वयले आसन्न स्थायी कमिटीको बैठकमा पेश गर्न तयार पारेको १५ बुँदे प्रस्तावमा संघीय र प्रदेशस्तरका मन्त्रिपरिषद पुनर्गठन गरिने उल्लेख छ ।

जसका लागि मापदण्ड बनाउने र त्यसकै आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने सहमति दुई अध्यक्षले गरेका हुन् । दुई अध्यक्षले भेट गरी भदौ २६ गते बस्ने स्थायी कमिटीमा पेश गर्ने साझा प्रस्ताव तयार गरेर अध्ययनका लागि स्थायी समिति सदस्यहरुलाई पठाएका छन् ।

शुक्रबार सुरु हुने सचिवालय बैठक कार्यदलले तयार पारेको प्रतिवेदनमाथि केन्द्रित हुनेछ । वरिष्ठ नेता माधवकुमार नेपालले भने प्रतिवेदनका थुप्रै अन्तरवस्तुमाथि नै गत भदौ १८ को सचिवालय बैठकमा धारणा राखिसकेका छन् र त्यही धारणा नै शुक्रबारदेखि सुरु हुने स्थायी कमिटी बैठकमा पनि प्रस्तुत गर्ने तयारी उनको छ ।

यसअघि गठित कार्यदलले दिएको प्रतिवेदनका आधारमा तयार पारिएको प्रस्तावमा पार्टी र सरकारको कामलाई प्रभावकारी र संस्थागत बनाउन समन्वय गर्ने जिम्मेवारी दुवै अध्यक्षको हुने तथा मापदण्ड बनाएर मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्ति गरिने उल्लेख छ ।

त्यसका लागि योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने भनिएको छ ।

जसमा भनिएको छ, ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने तथा सचिवालयका सदस्यहरुको सुझाव अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था कानुनी प्रवन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषदको पुर्नगठन तथा राजनीतिक नियुक्ति सम्बन्धि निर्णय गर्ने ।’

त्यस्तै मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्टिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने उल्लेख छ ।

१५ बुँदे प्रस्तावमा पार्टी एकताको महत्वलाई आत्मसात गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकारी स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्रलाई थप प्रभावकारी बनाउने भनिएको छ।

एकताको राष्ट्रिय महाधिवेशन गर्ने, सरकारको काम, संसदीय दलको भूमिका प्रभावकारी बनाउने, प्रदेश र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, सीमा समस्या र समाधान, कोभिड १९ महामारीको रोकथाम नियन्त्रण उपचार र आर्थिक पुनरुत्थान, बाढीपहिरो लगायत प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रकृयाका बाँकी काम, प्रतिष्ठानहरुको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने, एमसीसीबारे यसअघि कार्यदलले दिएको सुझावका आधारमा गर्ने जस्ता विषय प्रस्तावमा उल्लेख छन् ।

अध्यक्षद्वयको प्रस्तावमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन पुनरावलोकन गर्नुपर्ने उल्लेख छ । राजनीतिक तथा संगठनात्मक क्षेत्रमा गर्नुपर्ने कामको सूचीसहितको प्रस्तावमा पार्टीभित्र रहेका विवाद वा मतभेदका सम्बन्धमा निश्चित समय वा बिन्दु निर्धारण गरी पुनः त्यस प्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने सुनिश्चित गर्नुपर्ने भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ