खुल्ने भए कपडादेखि भाँडा पसल, कुन सामान कुन बार बेच्न पाईने ?(सूचनासहित)

खुल्ने भए कपडादेखि भाँडा पसल, कुन सामान कुन बार बेच्न पाईने ?(सूचनासहित)

  • बुधबार, भदौ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.6K
    SHARES

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले उपत्यकामा निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेसँगै उपत्यकाका सबै पसल खुल्ने भएका छन् ।

गृहमन्त्रालयसँगको परामर्शमा तीनै सीडीओ कार्यालयले जारी गरेकाे नयाँ आदेश अनुसार बिहीबारदेखि सवारी साधन जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन हुने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उद्योग र खलकारखाना खोल्न पाइने भएकाे छ।सार्वजनिक सवारीको सवालमा भने १६ सिटभन्दा बढी क्षमता भएकाले थोरै यात्रु राखेर चलाउनु पर्नेछ ।

ट्याक्सीको हकमा चालकसहित ३ जनासम्म चलाउन पाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

आदेशअनुसार अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ । यो आदेशमा काठमाडौंमा विभिन्न किसिमका पसलहरु कुन बार खोल्न पाइने भन्ने उल्लेख गरिएको छ । सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापदण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइने निर्णय प्रशासनले गरेको छ । यस्तै, भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ । यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ ।

यसैगरी फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेश गरिएको छ । प्रशासनले यी निर्णयहरु भदौ ३१ गते मध्यरातिसम्म लागू हुने पनि जनाएको छ ।

https://www.mirmireonline.com/wp-content/uploads/2020/09/2077-5-24.pdf

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ