काठमाडौं, २४ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सन् १९५० को सन्धि असमान र असान्दर्भिक भएकोले खारेज गर्नुपर्ने बताएका छन् ।
सन् १९५० को सन्धि खारेज गरी नयाँ सन्धि गर्नु पर्ने उनको भनाई छ ।
भारत नेपाल सम्बन्धका विषयमा आयोजित एक कार्यक्रममा प्रवक्ता श्रेष्ठले सार्वभौमिक समानताको सिद्धान्तको आधारमा भारतसँग नयाँ सन्धि गर्नु पर्ने बताएका हुन्। नेपाललाई भारतको सुरक्षा छाता राख्ने जस्ता प्रावधान समेत रहेको यो सन्धिबाट भाग्न नसक्ने उनले बताए ।
विश्वको महाशक्ति राष्ट्र बन्न उद्त भारतले छिमिकी मुलुकको सम्बन्ध सुधार गर्नुको विकल्प नरहेको श्रेष्ठको भनाई छ ।
उच्च राजनितिक तथा कूटनीतिक वार्ताको विकल्प नरहेको भन्दै उनले नेपालको तर्फबाट भारतलाई वार्तामा ल्याउने प्रयास भइरहेको बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline