काठमाडौँ , २३ भदौ ।
कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका पीडित नेपाली श्रमिक नागरीकले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका छन् ।
साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको परिसरमा रहेका नेपाली श्रमिकले प्रधानमन्त्री ओलीलाई ‘देश छोड्’ भन्दै नाराबबाजी गरेका हुन् ।
कोरोनले र्गदा कम्पनीमा काम गुमाएर अलपत्र परेर नेपाल फर्किन विमान कुर्दा र टिकट अभावमास्वदेश फर्किन नपाएका श्रमिकहरुले सरकारविरुद्ध आक्रोश पोखेका हुन् ।
आफूलाई घर पठाउने व्यवस्था गर्न आग्रह गर्दा कम्पनीले नेपाली दूतावासकै कारण रोकिनु परेको बताएपछि उनीहरु प्रधानमन्त्री र स्थानीय दूतावासविरुद्ध नाराबाजीमै उत्रिएका हुन् ।
महिनौंदेखि विमान कुरिरहेकाहरुले मंगलबार पनि नेपाल उड्न नपाएपछि, ‘केपी ओली, देश छोड’, ‘नेपाली दूतावास खारेज गर’ ‘मूर्दावाद’ जस्ता नारा लगाएका भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
केही देशमा सीमित उडान थाले पनि साउदीसहितका केही देशमा भने पिसिआर परीक्षण सहज नभएको भन्दै सरकारले चार्टर्ड उडानका लागि मात्रै अनुमति दिएको छ । तर उडान संख्या सीमित हुँदा अलपत्र हजारौं श्रमिक आक्रोशित बनेका हुन् ।
नाराबाजी भएको साउदीको सेमास्को कम्पनीमा मात्र करिब १० हजार नेपाली काम गर्ने जनाइएको छ ।
केहीलाई कम्पनी आफैले विमानको टिकट काटेर स्वदेश फर्काइदिन लागेको हो ।
साउदी दूतावासले भने सेप्टेम्बर ८ मा उड्न नपाएकाहरुलाई १८ तारेखको उडाउने गरी समाधान गरिएको जनाएको छ ।
साउदीमा १२ हजारभन्दा बढी श्रमिक फर्किन लाइनमा रहेको जनाइएको छ ।